रेशम चाैधरिकाे रिहाइको माग गर्दै आन्दाेलनका कार्यक्रम घाेषणा

everest kitchen


काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका अाराेपि प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घटनामा अाराेपिहरु झुठा मुद्दा लगाइ फसाईयाेकाे भन्दै चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे ।

मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सरकारले अाफुहरुकाे माग सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ ।

माेर्चाले टिकापुर घटनामा झुठो मुद्दा लगाईएकाे सांसद चाैधरिसहित, वीरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरीलगायत थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ ।
त्यस्तै छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्न पनि मोर्चाले माग गरेको छ ।

मोर्चाले माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार गर्ने र फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाले बताएको छ ।