ट्रम्पमाथिको महाअभियोग लगाउन आधारभुत नियम पारित

everest kitchen

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाइ प्रक्रिया अघि बढाउन आधारभूत नियम पारित भएको छ ।  नियम पारितकाे क्रममा १३ घण्टासम्म चलेकाे बहसमा डेमोक्र्याट र रिपब्लिकन सदस्यबीच माथिल्लो सदन ॅसिनेट’ मा चर्काचर्की संगै नियम पारित भएकाे हाे ।

बहसका क्रममा नियम पारित गर्न दुवै पक्ष सहमत भए पनि रिपब्लिकन सांसदहरूले प्रत्यक्षदर्शी उभ्याउने डेमोक्र्याटको मागलाई अस्वीकार गरेका छन । सिनेटमा रिपब्लिकन सांसदको बहुमत रहेकाले महाअभियोग प्रस्ताव पारित हुने सम्भावना निकै कम रहेकाे बताएको छ ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदीय जाँचबुझमा अवरोध पुर्‍याएको आरोप छ । यधपी ट्रम्पले भने आफूले केही गल्ती नगरेको बताउँदै आएका छन् । डेमोक्र्याट नेतृत्वको तल्लो सदन ॅहाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले गत महिना ट्रम्पविरुद्ध महाअभियोग लगाएको थियो । उक्त अभियाेगमा पनि सुनाईचलिरहेकाे छ ।