चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन

everest kitchen


काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो ।

वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ ।
साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास आफूहरुसँग भएको बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।