नेकपा बैठकमा प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको बिकल्पमा बहस

everest kitchen


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति पुर्ण बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा बहस भएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तनको विषयलाई बहसमा उठाएका हुन् ।

राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा शासकीय स्वरुप परिवर्तनको विषयमा पनि बहस भएको हाे ।

हाल प्रधानमन्त्री कार्यकारी र राष्ट्रपति सेरेमोनियल रहने व्यवस्था रहेको छ । उक्त ब्यबस्था परिवर्तन गर्नुपर्नेमा जाेडदै खतिवडा र दाहालले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने र यसले चुनावी प्रक्रियानै कम खर्चिलो बन्ने विचार पेश गरेका छन ।

नेकपाले प्रतिवेदनहरुमाथि १५ समूह बनाएर छलफल चलाएको छ । उक्त समुह अनुसार   टोली नम्बर १ देखि ८ सम्मका समूह राष्ट्रियसभा गृह, ९ देखि ११ नम्बर समूह तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा र १२ देखि १५ नम्बर समूह पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा रहेका छन ।

समुहगत छलफलपछि उक्त छलफलबाट उठेका प्रश्नहरुको जवाफ आइतबार अध्यक्ष र महासचिवले दिने कार्यक्रम रहेको छ ।