थरुहट, थारुवान मोर्चाले आमरण अनसन बस्ने

everest kitchen

कैलाली  । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी   दिए ।

मोर्चाले १४ बुँदे माग अघि सारेको छ । रेसम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइ, टीकापुर घटनाबारे छानविन गर्न बनेको आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मोर्चाको माग छ ।

मोर्चाले फागुन १ गतेदेखि आमरण अनशन थाल्ने, २ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने र फागुन ५ गतेदेखि ३ दिनसम्म आम हड्ताल गर्ने बताएको छ ।

सुदूरपश्चिम प्रदेश आफूहरूलाई अमान्य रहेको बताउँदै मोर्चाले पहिचानको आधारमा ११ प्रदेश कायम गरी राज्यको पुनः संरचना गरिनुपर्ने माग गरेको छ । अनलाइनख