५० कराेड रुपैयाँ उठाउने लक्ष्यसहित धाधान्याचल महायज्ञ सुरु

everest kitchen


चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा धनधान्याचल महायज्ञ सुरु भएको छ । रङगशाला निर्माणमा सहयोग पुय्राउन ५० करोड रुपैयाँ रकम उठाउने महायज्ञकाे लक्ष्य रहेकाे छ ।

निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सवको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित २१ विधाका २१ जना ख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरेका थिए । महायज्ञ माघ १९ गतेदेखि २६ गतेसम्म चल्नेछ ।

महायज्ञमा प्रमुख बाचक दिनबन्धु पोखरेलले निशुल्क बाचन गर्ने बताएको छ । भने देशभरका ७५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ । ५० करोड रुपैयाँ रकम सङकलन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब ७६ लाख खर्चकाे अनुमान गरिएको छ ।