टिपर आतङक! फेरि टिपरले किचेर एक जनाकाे मृत्युु

everest kitchen
फाेटाे फाईल

मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ ।

धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे । सुर्खेतमा एकजना युवालाई करिब २० मिटरसम्म घिसाररेपछि बिभत्स मृत्यु भयाे । त्यस्तै गाेर्खामा एक महिलाकाे टिपरले किचेर घटनन स्थलमै मृत्युु भयाे । यी सब घटना याे हप्ता मात्रै घटेका हुन ।

यी माथिका घटनन सेलाउन नपाउदै फेरि सोमबार बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–१० जरुवामा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

बिहान साढे ८ बजे प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरले सुन्दर हरैचा नगरपालिका–१० कै ४७ वर्षीय बाबुराम कार्कीलाई टिपरले ठक्कर दिएपछि उनि सिकिस्त खाईते भएका थिए ।

घाईते कार्कीकाे विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा बिहान पौने १० बजे उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिपर चालकलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको बताएको छ ।

यसरि दिनहुँ टिपरकाे ठक्करबाट मृत्यु भैरहदा यसलाई नियन्त्रण गर्न सम्बन्धित सबैले ध्यान दिनुकाे बिकल्प छैन ।