वडाअध्यक्षकाे हत्या गरि गाईगाेठमा फालिएकाे अवस्थामा फेला

everest kitchen

काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन ।

विनायक बजारबाट करिब ३० मिनेट  लाग्ने गैरीगाउँको एक गोठमा उनकाे सब भेटिएकाे अछाम जिल्ला प्रहिले पुष्टि गरेकाे छ । गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे अवस्थामा उनकाे शव फेला परेकाे हाे । यधपी हत्या भएकाे एकिन गर्न सकिएपनि कसले किन र कसरि भन्ने बारे अझै कुरा खुल्न सकेकाे छैन ।

मृतक वडाअध्यक्ष धामी शिक्षक पेसाबाट राजीनामा दिएर नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।