सभामुख सापकोटा र राजदुत मासामिची बिच शिष्टाचार भेटवार्ता

everest kitchen
photo:Rss

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगो बिच शिष्टाचार भेटवार्ता भएकाे छ ।

मंगलबार बिहान सभामुखको कार्यकक्षमा जापानी राजदूत र सभामुख बिच भएकाे भेटवार्तामा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  त्यस्तै सभामुख सापकाेटाले नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ प्रगाढ बनाउनुपर्ने बताए ।

माघ १२ गते सभामुखमा निर्वाचित भएका  सभामुख सापकोटासंग यसअघि चीन र भारतका राजदूतहरुले पनि शिष्टाचार भेटघाट गरिसकेका छन् ।