निर्माणाधीन रंगशालालाई प्रमाेदकाे एक बर्ष सम्म सहयोग घाेषणा

everest kitchen


काठमाडौ । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँका दरले १ बर्ष सम्म रंगशाला निर्माणको लागि सहयोग गर्ने बताएका हुन ।
उनले फेसबुकमा एक फाेटाे सहितको स्टाटस पोष्ट गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

साथै जनस्तरबाट निर्माण भैरहेकाे रंगशालाको लागि हातेमालो आवश्यक रहेकाे उनलेे बताएका छन् ।