एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो

everest kitchen


काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे ।

जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो । एमसिसि सम्झौतामा उल्लेख भएअनुसार सरकारले पूरा गर्नुपर्ने पूर्व शर्त अनुरुप जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेकाे हाे । सर्तअनुसार उक्त जग्गाको मुआब्जा पनि नेपाल सरकारले नै तिर्नुपर्नेछ । तीनतहमा बर्गिकरण भित्र परेका जग्गाले करिब प्रति अाना रु १ लाख ७६ हजार रुपैया सम्म पाउने बताएको छ ।

उक्त स्थानमा ४ सय केभी क्षमताको प्रसारणलाइनका लागि एमसीसीले ३ वटा सब स्टेशन तयार गर्नेछ ।