वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

everest kitchen
photo social media

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माकाे ७२ बर्षकाे उमेरमा मनमोहन अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।
इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

२००४ सालमा इलामकाे फिक्कलमा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचनको रुपमा काम गरेका थिए । त्यतिबेलाकाे लाेकप्रिय कार्यक्रम विश्व घटना उनैले सुरु गरेका थिए ।