चीनबाट उद्धार गरि ल्याईने नेपालीहरुलाई नराखिदिनुहाेस : नागार्जुन नगरपालिका

everest kitchen


काठमाडौँ । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाले अाफ्नाे निर्णय सार्वजनिक गरेकाे हाे ।

नागर्जुन नगरपालिका वडा नम्बर -१ मा रहेकाे सहरी विकास मन्‍त्रालयको भवनहरुमा चीनबाट ल्याईने नेपालीहरु राख्ने तयारी गरिएकाेमा नगरपालिकाले उक्त स्थानमा नराख्‍न अनुरोध गर्दै मन्त्रालयलाई पत्र लेखेकाे छ ।

नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारीद्वारा हस्ताक्षारित पत्रमा वडा नम्बर -१ मा रहेको उक्त भवनहरु परिवरि घना बसोबास भएकाेले क उनीहरुलाई त्यहाँ नराख्‍न अनुरोध गरिएकाे छ । पत्रमा प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालयलाई बोधार्थ दिइएको छ।