सांसद गच्छदारकाे पद चट, भाटभटेनी सञ्चालक गुरुङलाई ५० कराेड बिगाे दावी

everest kitchen


काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ ।

अदालतमा दायर भएकाे मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादीमा परेका छन ।। उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो सहित जम्मा रु ५० कराेड मागदाबी गर्दै मुद्दा दायर गरेकाे छ ।

त्यस्तै ललिता निवास जग्गा प्रकरण छानविन समितिले भू-माफिया भनेर किटान गरेका डा. शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ। ढकाल र सुवेदी जग्गा अनियमितता प्रकरणका मुख्य योजनाकार हुन ।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा १७५ जनालाई प्रतिवादी बनाउँदा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल जोगिएकाे भन्दै ब्यापक बिराेध पनि भएकाेछ । प्रतिवादीमा एनअारएन देखि यीमध्ये ६० जना सरकारी कर्मचारी र पदाधिकारी छन् र ५० जना जग्गाधनी एवं मोही भनिएकाहरु , केहि चल्तापुर्ता नेताहरु परेका बेला रेग्मी र पाैडेल नपरेकाे भन्दै अाचार्य प्रकट गरिएकाे छ ।

काङ्ग्रेस  नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै  असुन्त्येष्टि पाेखेका छन । उनि लेख्छन  ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन् ?’