नेकपा अध्यक्ष प्रचण्ड’ र बेलायती राजदूत निकोला बिच भेटवार्ता

everest kitchen
photothaha

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्।

प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको बताएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए। बेलायतको सहयोग अपरिहार्य रहेको बताए। त्यस्तै उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन्।