नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियामा रमेश तिवारी

everest kitchen
रमेशप्रसाद तिवारी

क्वालालम्पुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियाकाे गठन भएकाे छ । रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे ।

तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले समर्पित प्रवासी नेपाली मञ्च मलेसियाकाे एकता पछि बनेकाे वर्तमान कमिटी अध्यक्षमा रमेशप्रसाद तिवारी र सचिवमा दयाराम कुमाल रहेका छन । तिवारी माअाेवादि केन्द्र समर्पित हुन भने कुमाल एमाले समर्पित हुन । तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्चका अध्यक्ष प्रेम पाण्डेले लामाे समय नेतृत्व सम्हालेका थिए भने ऐमाले समर्पित प्रवासी नेपाली मञ्चकाे नेतृत्व राजेन्द्र भण्डारीले सम्हालेका थिए । यधपी दुईबर्ष अघि पठाएको लिस्टकाे अाधारमा केन्द्रले कमिटी गठन गरेकाे भन्दै कमिटी हेरफेर गर्दा राम्रो हुने पाण्डेले बताए । पाण्डेका अनुसार नेपालमा फर्किसकेका काे पनि नयाँ कमिटी लिस्टमा नाम अाएकाे छ ।

त्यस्तै वर्तमान अध्यक्ष रमेशप्रसाद तिवारीले पनि पुरानो लिस्टलाई अाधारमानि केन्द्रले कमिटी निर्माण गरि पठाएकोले एकपटक बैठक बसि कमिटी हेरफेर गर्ने जानकारी दिए । नब निर्मित कमिटीमा जम्मा ३५ जना सदस्यहरु अटेका छन ।