प्रधानमन्त्रीज्यु तपाईंलाई जनताले कलाकारकाे रुपमा हेर्न चाहेका छैनन् : राजिव ढुङ्गाना

everest kitchen

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेसंगै तररुन दल र नेबिसंघले सडकबाट बिराेध जनाएका छन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै काङ्ग्रेले संसद अवरुद्ध गरेको हाे भने नेविसंघ र तरुन दलले माईतिघर मा बिराेध प्रदर्शन गरेकाे हाे ।

नेविसंघका वर्तमान अध्यक्ष राजिव ढुङगानाले बिराेध सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपि शर्मा अाेली र पूर्वप्रधानमन्त्री माधबकुमार नेपालकाे अालाेचना गरेका छन । ढुङगानाले बाेल्दै भने “प्रधानमन्त्रीज्यू तपाईंलाई जनताले खेलाडीकाे रुपमा , कमेडियनकाे रुपमा, कलाकारकाे रुपमा हेर्न चाहेका छैनन । तपाईंलाई कुशल नेताकाे रुपमा हेर्न चाहेका छन । त्यस्तै बालुवाटार जग्गा प्रकरणमा अाफु सङलग्न नभएकाे बताएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई ढुङगानाले प्रश्न गरे ” तपाईं पार्टीको महासचिव पदमा रहदै गर्दा पार्टीले गरेका निर्णयहरु सदस्यहरुले गरेका हुन , मैले गरेकाे हैन भनेर पन्छिन पाउनु हुन्छ ?

काङ्ग्रेस नेता तथा उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी नेविसंघले गरेकाे छ । सरकार नसच्चिए अान्दाेलनका कार्यक्रमहरु निरन्तर अगाडि बढाउने नेविसंघले बताएको छ।