अब मलेसियामा पाकिस्तानी सुरक्षागार्ड

everest kitchen


काठमाडौं । मलेसियाले अबदेखि पाकिस्तानी सुरक्षागार्ड लिने भएकाे छ । पाकिस्तानी पत्रिका “द नेसन” का अनुसार करिब १ लाख ५० हजार पाकिस्तानी सुरक्षागार्ड मलेसियाले लिन लागेकाे समाचार लेखेकाे छ ।

उक्त पत्रिकाकाले पाकिस्तानी अधिकारीकाे भनाइ उल्लेख गर्दै लेखेकाेछ ” मलेसियाले नेपालबाट मात्रै सुरक्षागार्ड लिईरहेकाेमा मलेसियाले कानुन संसाेधन गर्दै अन्यदेशबाट पनि सुरक्षागार्ड लिने जनाएको छ । याे पाकिस्तानका लागि उत्तम कामदार पठाउने ठुलाे अबसर हाे । मलेसिया पनि पाकिस्तानी सुरक्षागार्ड लिनेमा सकारात्मक रहेकाे छ ।

पाकिस्तानी प्रवासी तथा मानव संसाधन विकास मन्त्रालयका एक वरिष्ठ अधिकारीले उक्त घटनाको पुष्टि गर्दै मलेसियाले १ लाख देखि १ लाख ५० हजारसम्म पाकिस्तानी सुरक्षा गार्ड भर्ती गर्ने सम्भावना रहेको र प्रक्रिया काे अन्तिम चरणमा पुगेकाे पत्रिकाले उल्लेख गरेकाे छ ।

साथै आगामी केहि दिनमा उनले भने कि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मलेसिया भ्रमण गर्नेछन । भ्रमणको क्रममा खानले पाकिस्तानी सुरक्षा गार्डलाई मलेसिया पठाउने सम्झौतालाई औपचारिकता दिने बिश्वास गरिएकाे पत्रिकाले लेखेकाे छ ।