३४ बर्षदेखि गेडागुडी बेच्ने ७६ बर्षिया बाजे

everest kitchen

विपेन उलङगे/हिटास
शुक्रबार बिहानै बुटवलकै बिन्दा भण्डारी पसलमा पुग्छिन र एउटा कागजकाे पानामा लामाे घरयासि सामानकाे लिष्ट दिन्छिन र पसलमा बसेका ७६ बर्षिया बृद्ध बाजेलाई भन्छिन : ” बाजे याे समान तयार गरि राखिदिनु म एकछिन आउछु । याे सम्बाद दृश्य बुटवलको हाे । रुपेन्देहिकाे बुटवल हाटबजारमा एउटा पुरानाे गेडागुडी पसल छ । ३४ बर्ष पुरानाे उक्त पसलकाे नाम ” बाजे गेडागुडीू हाे ।

बुटवलको हाटबजारमा रहेको बाजे गेडागुडी पसल बुटवलकै पुरानो र बिश्वासिलो गेडागुडी पसलका रुपमा चिनिन्छ। यसका सन्चालक हुन हुमनाथ न्यौपाने उर्फ बाजे । आज भन्दा ७६ बर्ष पहिले स्याङ्जाको गुरुङदिमा जन्मिएका हुमनाथ बाजे २०४२ सालदेखि अाफ्नाे गाउँको उत्पादन बजारिकरण गर्ने उद्देश्यले बुटवलमा ब्यबसायी सुरु गरेका थिए । ब्यबसायबाट राम्रै अान्दानी पनि गरे । तीन छाेरा र तीन छाेरिकाे पठनपाठन तथा बिहेबारि देखि बुटवलमै घरबास बनाउने देखि केहि जग्गा पनि जाेहाे गरे । तर बजेकाे ब्यबसायिक जाेस मरेन । बरु बाजेले बुटवलमै बाजे गेडागुडि नामबाट तीन ठाउँमा पसल बिस्तार गर्दै पाेखरा काठमाडौंमा पनि गाउँकाे स्थानीय अार्गानिक बस्तु बजारिकरणकाे याेजनामा रहेकाे बताउछन ।

गाउँकै मिनाकुमारि न्याैपानेसंग करिब ५० बर्ष अघि बिहेबारि गरेका हुमनाथ बाजेलाई बिहानै देखि श्रीमती मिनाले पनि सघाउछिन । ७६ बर्ष पुगि सक्नु भएछ अब त अाराम गर्ने हाेला नि भन्ने प्रश्नमा बाजे भन्छन ू मलाई अाराम गर्ने समयपनि छैन । मेराे जांगर चलुन जेल अझै गाउँकाे उत्पादन बजारिकरण गरि रहन्छु । किनै संस्कारि बाजे बिहान पांच बजे उठेर पुजापाठ गरि , चिया पकाएर पिएपछि पसल खाेल्छन र राति ९ बजेतिर घर फर्किन्छन । कान्छाे छाेरा सुजनले भने ू बुवा( अामाले अाराम गर्न सकुन भनेर कलाकारितालाई कम समय दिएर सघाउन लागि परेकाे छु । तर मेराे भन्दा बढि खटन गर्नुहुन्छ ।

उनी भन्छन म सङ्गै व्यापार सुरु गरेका काेहिलेे ब्यबसाय बदले काेहि पछि आएर पनि उध्योगिक मालिक बनि सके तर अाफु भने यहि पेसामा निरन्तर लागि रहेकाे बाउछन । बाजेकाे पसलमा सङ्ग जुम्लाको सिमि, मार्सी चामल, पहाडिया फापर, मासको दाल ,शुद्ध बेसार, लगायत थुप्रै अर्गानिक उत्पादनहरु बेच्ने गरेका छन ।