एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर सार्वजनिक

everest kitchen


काठमाडौं । नेपालका लागि नेपाली अभियान समुहले एमसिसि र सुचना प्रबिधि शनिबार काठमाडौं एक कराेड हस्ताक्षर सार्वजनिक गरेकाे छ । माईतिघर मण्डलामा एक सभा गर्दै एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर सङकलन गरेकाे दावी गर्दै हस्ताक्षर सार्वजनिक गरेकाे हाे ।

ज्ञानेन्द्र शाही लगायत अभियान्ताकाे सक्रियतामा देशबिदेशबाट एकसाथ हस्ताक्षर सङकलन गरिएकाे अभियान्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । सभामा बाेल्दै शाहिले भने ” बिदेशबाट पठाएको १७ लाख हस्ताक्षर प्रिन्ट गर्न नसकिएकाे तर नेपालमा प्रत्येक्ष सङकलन गरिएकाे हस्ताक्षर मात्रै प्रिन्ट गरेका छाैं ।

सरकारले अब जान्न जरुरिछ , ” यति धेरै नेपालीहरु एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध हुदाहुदै पनि सरकारले दुईतिहाईकाे दम्भ त्याग्नुपर्ने शाहिले बताए । शाहि लगायतका सम्पूर्ण बक्ताहरुले सरकारकाे भरष्ट्रचार , कार्यशैलीकाे बिराेध गरेका थिए ।