निर्मला पन्त हत्या प्रकरणमा दिलिपसिंह बिष्टलाई थपअनुसन्धान

everest kitchen


काठमाडौ ।   कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण बारे एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज भएकाे छ। प्रहरी प्रधान कार्यालयले पानि पाेखरिले उक्त प्रतिवेदन खारेज भएकाे जनाएको हाे ।

कार्यालयले डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले तयार पारेकाे पछिल्लो प्रतिवेदन स्वीकार्दै  अघिल्लो प्रतिवेदन खारेज गरेको हाे । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको खबर कान्तिपुर  दैनिकमा छ।

भीमदत्त नगरपालिका २ खोल्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित उखुबारीमा फेला परेको थियो। त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा ३ भदौमा विष्टलाई पक्राउ गरेको थियो।