चीनमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्याे

everest kitchen


काठमाडौं । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको स्वास्थ्य आयोगले फेब्रुअरी ९ सम्म ९ सय ८ जनाले ज्यान गुमाएको जनाएको हाे ।

काेरनाबाट चीनमा हालसम्म ४० हजार १ सय ७१ जना संक्रमित भएका छन् । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ । यधपी नेपालले भने अाफ्ना नागरिकहरु फर्काउन सकेकाे छैन ।

वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । डब्लुएचअाेले काेरनालाई बिश्वब्यापी संकटकाल घाेषणा गरेकाे छ ।