बिष्णुमायाकाे सम्पूर्ण पढाइ खर्च व्यवसायी तथा कलाकार फुर्वा दाेर्जेले ब्यहाेर्ने

everest kitchen


काठमाडौ । बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई  भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन ।

बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको करण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । बुबा वीर बहादुर लोको पनि क्यान्सरको उपचार भईरहेको छ । उपचारको लागि संसार भरका नेपालीहरुले सहयोग गरिरहेका छन ।

कमलामाइ नगरपालिका ४ चुनेटार सुन्धुली घर भएका उक्त परिवारले काठमाडौको कपनमा किराना पसल गरेर परिवार चलाउदै आएकाे थियाे । हाल क्यान्सरको कारणले बुबा थला परेको र आमाको मृत्यु भएपछि बिष्णुमायालाई आर्थिक अभाव परेकोले अाफुले बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्यहाेर्ने बांचा गरेकाे फुर्बा दोर्जे मोक्तानले हिमाल टाईम्सलाई बताएका छन ।

१७ बर्षे बिष्णु माया अहिले बर्षबज्र इन्टरनेस्नल कलेज जोरपाटीमा कक्षा ११ मा अध्यानरत छिन ।