एफएलएफ आवर्ड २०७६ सम्पन्न , कसले के पाए ?

everest kitchen


काठमाडौं । फाल्गुनान्द लिङदेन फिल्स प्रालिको अायाेजनामा लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ॅएफएलएफ अवार्ड २०७६’ काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्रिय नाचघरमा सम्पन्न अावर्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’ प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोलाई बिभिन्न अवार्ड प्रदान गरिएकाे थियाे ७ वटा लिम्बू फिल्म र २० वटा म्यूजिक भिडियो सहभागीता रहेकाे थियाे । लिम्बू फिल्मबाट अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भिम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बु, गायक मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भुपेन्द्र तुम्बाहम्फे थिए ।

त्यस्तै म्यूजिक भिडियोतर्फ निर्देशक लोकेन सावा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिकाका दिपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिमलिम्बु, नायिका तथा मोडल लक्ष्मी योङहाले अवार्ड पाए । त्यस्तै पब्लिक अवार्डमा गायक निर्मल तुम्बाहम्फे अब्बल रहँदा जुरी अवार्ड नायक नरेन्द्र सेन्दाङ र नायिका बबिता फोम्बोले पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए । गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट अावर्ड प्राप्त गरे ।

कार्यक्रममा बिभिन्न कलाकारहरुले संस्कृतिक प्रस्तुति दिएका थिए ।