विश्वकप लिगमा अमेरिकामाथि नेपालीको विजय

everest kitchen

काठमाडौँ ।नेपालले अमेरिकामाथि विश्वकप क्रिकेट लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै किर्तिमानी बनाएको हाे । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्यलाई ५।२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेकाे हाे ।

त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो।

अमेरिका बिरुद्ध सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।