नेपाली बाहेक अन्यदेशबाट सुरक्षागार्ड लिन्नाैं : मलेसिया

everest kitchen
photofacebook

क्वालालम्पुर । मलेसियाले नेपाली सुरक्षा गार्ड मात्रै लिने बताएको छ । मलेसियाको गृह मन्त्रालयले सुरक्षागार्डकाे रूपमा नेपाली बाहेक अन्यदेशबाट नलिने बताएको हाे ।

पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा मलेसियाले स्वीकार गर्नेछ भन्ने पाकिस्तानी पत्रिका द नेसनकाे समाचारमा प्रतिक्रिया दिदै मलेसियाली गृहमन्त्रालयले यस्ताे स्पष्टिकरण जारी गरेकाे द स्टारले समाचार छापेकाे छ ।

गृहमन्त्री तान श्री मुहिद्दीन यासीनका अनुसार विदेशी सुरक्षा गार्डहरु अपनाउने अस्थायी उपाय मात्र भएकाे बताए । त्यसकारण मन्त्रालयले बिशेष गरि स्थानीय कामदारलाई प्राेत्साहित गर्न निजी सुरक्षा सेवा फर्महरूलाई अाग्रह गरेकाे छ ।

पाकिस्तानी मिडिया आउटलेट द नेसनले मलेसियाले पाकिस्तानबाट १ लाख देखि १लाख ५० हजार सम्म सुरक्षा गार्डहरू स्वीकार गर्ने उल्लेख गर्दै समाचार लेखकाे थियाे ।