हामी साथ छौं’ कार्यक्रममा भावुक चिनियाँ राजदूत

everest kitchen


काठमाडौं । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरकाे अायाेजनामा ॅहामी साथ छौं’ कार्यक्रम अायाेजना गरपएकाे छ । चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ॅहामी साथ छौं’ कार्यक्रम आयोजना गरिएको हाे ।

कार्यक्रममा भूमीसुधारमन्त्री पद्मा अर्याल, नेपालका लागि चीनीया राजदूत होउ यान्छी, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेकपाका नेताहरु आनन्द पोखरेल, यज्ञराज सुनुवारलगायत सहभागी थिए । उक्त कार्यक्रमकाे बारे चीनियाहरुले सामाजिक सञ्जालमा धन्यवाद दिएका छन ।

कार्यक्रमको उद्देश्य , ॅउत्तरी छिमेकी मुलुक चीनसँग नेपालको सदियौं पुरानो आत्मीय सम्बन्धलाई प्रगाढ पार्ने तथा चीनको वर्तमान पीडामा हामी नेपालीहरु साथ र सहयोग गर्न तत्पर छौं भनेर सन्देश दिन खोजेकाे अायाेजकले बताएको छ । कार्यक्रमकाे क्रममा चिनियाँ भाषा र नेपाली भाषामा नेपाली पाठशालाका बिध्यार्थीहरुले गाउदा राजदूत देखि सहभागी भावुब बनेका थिए ’।