समथिङ साहित्य राष्ट्रिय पुरस्कार राज माङलाकलाई

everest kitchen


काठमाडौं ।  समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कवि राज माङलाकले प्राप्त गरेका छन । समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोष समितिले पाँचथरमा एक कार्यक्रमकाे आयोजना गर्दै माङलाकलाई पुरस्कृत गरेकाे हो ।

कवि माङलाकलाई ताम्रपत्रसहित ५५ हजार ५८० रुपैंयाँ पुरस्कार प्रदान गरिएको छ । पाँचथरकाे आङ्ना स्थायी घर भइ हाल धनकुटामा बसोबास गर्दै आएका माङलाकको चार वटा कृति प्रकाशित छन् ।

कार्यक्रममा नारी स्रष्टा बिध्या निर्दाेषी अाेझालाई समथिङ साहित्यिक राष्ट्रिय सम्मान स्रष्टा प्रदान गरिएको छ । उनलाई ताम्रपत्रसहित ५ हजार ५८० रासी नगद सहित सम्मान गरिएको हो ।

रामप्रकाश समथिङले समथिङ फाउन्डेशन नेपाल पाँचथर स्थापना गर्दै प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरि पुरस्कार तथा सम्मानको स्थापना गरेका हुन ।