छुट्टाछुट्टै दुर्घटनामा ७ जनाकाे मृत्युु ,

everest kitchen

काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल बुधबार साँझ ठोक्किदा मोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका– १० स्ने ३१वर्षीय मोहन चौधरीकोमृत्यु भएको हो । मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई बिपरित दिशाबाट ाएको से.१ ख १२७३ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पदमाअस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका–१० बस्ने २८ वर्षीय निराजन चौधरीकोसोही अस्पतालमा उपचार भइरहेको छ । तीनवटै सवारी साधन तथा बस र मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सल्यान, कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित सडकमा नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ग १२३ नम्बरको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परि बारा डुमरवाना–८ घर भएका नेपाली सेनाका जमदार ३५ वर्षीय यादव भरेलको घटनास्थलमै मृत्यु भएको छ । ट्रक सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको छ । बुधबार दिउँसो भएको दुर्घटनाका घाइतेहरु सेनाका ६ जनालाई तत्काल खटिएका सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाएकोमा थप उपचारको लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।

यस्तै धादिङ, गजुरी गाउँपालिका–२ चाम्बासस्थित सडकमा लु.२ ख १३५ नम्बरको बस र बा.९८ प ७०५८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदास्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–१३ गितानगर बस्ने २० वर्षीया महिमा सिलवाल र २२ वर्षीया शर्मिला सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।

यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित सडकमा ना.२ ख ५०५७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिनेश गुरुङको छोरा ७ वर्षीय प्रज्वल गुरुङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ गोरियाहीस्थित सडकमा बा.१ प ८००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइत भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–२ सकरदही बस्ने ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरि कास्की, पोखरा महानगरपालिका–५ जिरो किलोमिटरस्थित सडकमा ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प २५५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाईबिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका–६ खहरे बस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काभ्रे घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने २४ वर्षीयआशिष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी र चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।