राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन

everest kitchen

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । ५० बर्षीया उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित थिए ।उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वि।सं। २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि उनी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए । हाल राष्ट्रिय सभाका सांसद रहेका थिए ।