फिलिपिन्स माथि नेपालको फराकिलो जित

everest kitchen

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो ।

हिलाल स्थित अल अरबी स्पोर्टस क्लबमा भएको खेलमा नेपालले पहिलो हाफमा विपक्षीको आत्मघाती गोलबाट शुरुवाती अग्रता बनाएको थियो । राज कुमारको क्रस पासलाई क्लियर गर्ने क्रममा फिलिपिन्सका खेलाडीले आत्मघाती गोल गर्न पुगेका थिए ।

यद्यपि दोस्रो हाफमा भने नेपाली टोली हावी बन्यो । दोस्रो हाफमा आठ गोल थपेको नेपालका लागि सयन्सु भुषाल, अर्जुन सुब्बा र सुरेन्द्र बुढाथोकीले २–२ गोल गरे । त्यस्तै राकेश सापकोटा र सन्जय मण्डलले नेपाली टोलीका लागि थप एक–एक गोल गरेका थिए ।

स्मरण रहोस, प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने दोस्रो खेलमा भारतसँग बराबरी खेलेको थियो । नेपालले समूह चरणको आफ्नो चौथो खेल २० फेब्रुअरीका दिन दक्षिण कोरियासँग खेल्नेछ भने पाँचौं खेल २९ फेब्रुअरीका दिन इण्डोनेसियासँग खेल्नेछ ।