चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगे

everest kitchen

 


काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको वाईडवड जहाज मार्फत आज विहान उनीहरु काठमाडौं आईपुगेका हुन् ।


उनीहरुलाई भक्तपुरमा स्थापना गरिएकाे खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । त्रिभुवन विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि उनिहरुलाई क्वारेन्टाइन लगिएकाे हाे । यधपी खरिपाटि स्थित स्थानीयकाे बिराेधका बाबजुद पनि सरकारेले खरिपाटि स्थित बिधुतप्राधिकरणकाे भवनमा उनिहरुलाई राख्ने ब्यबस्था मिलाएकाे हाे ।

चीनको वुहानमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएपनि दोस्रो चरणको परीक्षण गर्दा ३ जनालाई उच्च ज्वरो देखिएपछि उनिहरुकाे बच्चासहित ६ जनालाई उतै राेकिएकाे थियाे । भने ४ जना नेपालीहरु स्वईच्छाले चीनमै बसेका हुन ।

उच्च ज्वरो देखिएका ६ जना नेपालीलाई चीनमा नै चिकित्सकको निगरानीमा राखेर उपचार गरिने बताइएको छ ।