Home Flash News एनआरएन मलेसियाकाे विवाद टुङ्गियाेे , पिडत श्रमिकको हितमा काम गर्छौ : अध्यक्ष...

एनआरएन मलेसियाकाे विवाद टुङ्गियाेे , पिडत श्रमिकको हितमा काम गर्छौ : अध्यक्ष भट्टराई

everest kitchen

ईश्वर राई / हिमाल टाईम्स
क्वालालम्पुर । गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले ५० हजार रिङगेट हाल चलानमा रहेकाे खातामा राखेपछि विवाद टुङ्गो लागेकाे छ । फेब्रुअरी १५ मा संघको बैठक बस्दै कल्याणकारी काेषकाे रकम कहाँ राख्ने कसरि राख्ने भन्ने विवाद टुङगाे लागेकाे हाे ।

वर्तमान अध्यक्ष भट्टराईले कल्याणकारी काेषकाे लागि कबुल गरेकाे अारएम ५० हजार रकम गैरआवासीय नेपाली संघ मलेसियाले हाल प्रयोग गरिहेकोखातामा जम्मा गरेपछि यो बिबाद टुंगिएको हो ।

बर्तमान अध्यक्ष भट्टराईले हाल सञ्चालनमा रहेकाे खाता संस्थाकाे अाफ्नै नभएकाे भन्दै रकम काेषाध्यक्ष कृष्ण प्रसाद नेपाललाई जिम्मा दिने अडानमा थिए भने अन्य पुराना पदाअधिकारिहरु संसथापक अध्यक्ष ,हालका संरक्षक तथा अन्तर्राष्ट्रिय समन्वय परिषदको मानार्थ सदस्य शंकर बहादुर पाैडेलकाे नेतृत्वमा रहेकाे पेर्साटुअन केटुरुनन् नामबाट सञ्चालित खातामा राख्ने अडानमा थिए ।

वरिष्ठ उपाध्यक्ष सुन्दर अालेका अनुसार ससंघमा खासै ठुलो बिबाद थिएन । जे भएको थियो संगको हितको लागि जायज मागहरु थियो, त्यसको सम्बोधन भयो । कोषमा पैसा जम्मा भए पनि कल्याणकारी कोष परिचालन उप-समिति नबन्दा यो कोष प्रभावकारी, पार्दशी र सहि सदुपयोग हुन अझै कठिन हुन्छ । पहिले पनि उप – समिति नभएकै कारण कल्याणकारी कोष कोमामा पुगेको हो । कल्याणकारी कोषको प्रभावकारीता, पार्दशिता र सहि सदुपयोगको लागि अनिबार्य उप – समिति गठन हुनु पर्नेमा वरिष्ठ उपाध्यक्ष सुन्दर आलेले जोड दिए ।

त्यस्तै कल्याणकारी काेषमा रकम जम्मा गर्दै , यदि कोहि नेपाली श्रमिकहरु मलेसियामा दुखमा छन भने सम्पर्क गर्न अध्यक्ष भट्टराईले अाग्रह गरे । साथै भ्रमण बर्ष २०२० कमे प्रचारप्रसार र श्रमिकहितमा लगातार लाग्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता गरेका छन ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईके आध्यक्षतामा बसेको बैठकमा मानार्थ केन्द्रीय सदस्य संकर पौडेल , एसिया प्यसोफिक सहसंयाेजक खगेन्द्र न्यौपाने, आईसिसि टेक टमाटा लगायत संघ पदाअधिकारिहरुकाे उपस्थिति रहेकाे थियाे ।