महराको मुद्दामा अन्तिम सुनुवाइ सकियो, फैसलाको प्रतीक्षा

everest kitchen

काठमाडौं :  बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ।

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको हो। दुवै पक्षका वकिलले बहस गरिसकेपछि सुनुवाइ सकिएको हो।

अब महराको मुद्दामा फैसलाको प्रतीक्षा भइरहेको छ। बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो।  पूर्व सभामुख महराका पक्षका वकिलहरुको बहस सकिएपछि फैसला आउन मात्रै बाँकी छ।

यो मुद्दामा जिल्ला अदालत काठमाडौंले आजै फैसला तयारी गरेको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरम राखेर सुनुवाइ सकिएपछि अब फैसला आउनेछ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेश सदर गरेको थियो।   थाहा सञ्चार डटकमबाट