रुकुममा बिभिन्न अपराधमा सङलग्न ७ जना पक्राउ

everest kitchen

विपेन उलङगे
रुकुम पश्चिम । जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु अाैषध सहित ७ जना पक्राउ परेका छन । लागुअाैषध चरेश, ट्रमाडाेल नामक ट्याब्लेट र कस्तुरी दांत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्लाको अाठबिसकाेट नगरपालिका वडा नम्बर १४ छेपारेबाट लागुअाैषध ब्युराे सुर्खेत र मातहतकाे पुर्तिमकांडा रुकुम पश्चिमबाट खटिएकाे टाेलिले लागुअाैषध चरेश सहित चार जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेहरुमा रुकुम दुली बस्ने महेन्द्र  कुमार केसि , सानिभेरि गाेलचाैर बस्ने २८ बर्षिया बल बहादुर चन्द, बांफिकाेट दुलि बस्ने २३ बर्षिया लक्ष्मण केसि,  अाठबिसकाेट नगरपालिका रिठा बस्ने २८ बर्षिया बिमल कुमार शाही रहेका छन । पक्राउ पर्नेहरुले खुर्सानीकाे धुलाे ,पुदिनाकाे धुलाे लगायत भनेर झुक्याएर ठुलाे मात्रामा चरेश असाेरपार गर्ने गरेकाे पाईएकाे छ।

त्यस्तै जिल्लाकै त्रिवेणी गाउँपालिका झुल्नेटाबाट लागु अाैषध ट्रमाडाेल, सापस्माेपाम, काेएफटि ट्याब, हेटाेप, क्लाेजिप लगायत प्रतिबन्धित अाैषधि सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । साेम्बार दिउसाे झुल्नेटा प्रहरी चाैकिले मुसिकाेट नगरपालिका रातामाटा बस्ने २१ बर्षका बिष्णु कसेरा र रुकुम पुर्वी पुथाउत्तरगंगा १४ नाखा बस्ने १९ बर्षकाे गायस पुन पक्राउ परेकाे प्रहरीले बताएको छ ।

यस्तै लागुअाैषध चरेश र कस्तुरीकाे दांत सहित मुसिकाेट नगरपालिका घ्युखाेल बाट रुकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका १० घुम्लिङबाङ बस्ने अन्दाजी बर्ष १९ का सिलास बुढालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानाएकाे छ । पक्राउ पर्नेहरुलाई जिल्लाअदालत रुकुमबाट म्याद थप गरि अन्सुन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गर्दै जानकारी दिएकाे हाे ।