पत्रकार पौडेललाई ब्लड क्यान्सर, सहयोगको अपिल

everest kitchen

काठमाडौं : बिराटनगरबाटट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल ब्लड क्यान्सरबाट पीडित भएका छन्। उनको अहिले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकका रुपमा लामो समय क्रियाशील थिए।

सुनसरीको इटहरी नमुना कलेज र बिराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन पनि गर्दै आएका पत्रकार पौडेललाई उपचारार्थ करिब ३० लाख रुपैयाँ लाग्ने अस्पताल प्रशासनले जनाएको छ।

उनका पत्नी, दुई छोरा र एक छोरी छन् । यो कठिन परिस्थितिमा पत्रकार पौडेललाई सहयोग गर्न विद्यार्थी अभिभावक, पत्रकारहरु र अभियानकर्तालाई आग्रह गरिएको छ।थाहाखबर