अफगानिस्तानमा शनिबारदेखि युद्धबिराम, २९ फेब्रुअरीमा शान्ति सम्झौता

everest kitchen

काठमाडौं । अफगानिस्तानमा फेब्रुअरी २२ बाट युद्धविराम हुन लागेकाे छ । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ ।

१८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य गर्ने काेशिससहित शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरेका छन ।

यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएकाे सञ्चारमाध्यमहरुले जनाएका छन् ।