गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

everest kitchen

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् ।

हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने” सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेका छन । यस बिषयमा सरकारले अनुसन्धान गरी कानुनी प्रकृयाबाटै विषय टुङ्गो लगाउने छ । साथै थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने बताए ।

बागमती प्रदेश स्तरीय सुरक्षा गाेष्टिमा गृहमन्त्री बादल, कानूनमन्त्री शालिकराम जम्मकट्टेल, मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सरकारका सचिव, सुरक्षा निकायका प्रमुख , प्रमुख जिल्ला अधिकारीहरु लगायतको उपस्थिति रहेकाे छ ।