अमेरिकी राष्ट्रपति ट्रम्प आज भारत भ्रमणमा

everest kitchen


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आजदेखि दुई दिने भारत भ्रमण गदै छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक भारत भ्रमणमा आउने भएपछि भारतले भव्य तयारी गरेको छ। ट्रम्प पहिलो दिन आज गुजरातको अहमदाबाद जाने र त्यहाँबाट उत्तर प्रदेशको आगरा सहर जाने कार्यक्रम छ। ट्रम्पले ताजमहलको अवलोकन गरेर लगत्तै राजधानी नयाँ दिल्ली जाने कार्यक्रम रहेकाे छ ।

राष्ट्रपति ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाई जेराड कुशनर पनि भ्रमण टोलीमा हुनेछन्। मोटेरो स्टेडियममा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पले करिब एक लाख मानिसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ट्रम्पले भ्रमणका क्रममा विभिन्न सम्झौता गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।