नेपाली दुतावास मलेसियाले जाेरबारुमा कन्सुलर सेवा दिने

everest kitchen

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।

जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर क्षेत्र भन्दा बाहिर रहेका नेपाली श्रमिकहरुलाई सहज तवरले सेवा उपलब्ध गर्ने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएकाे हाे ।

कन्सुलर सेवामा राहदानी नबिकरण आवेदन, राहदानी हराएर नयाँ राहदानीको आवेदन , यात्रा अनुमति पत्र लगायतका सेवा दिने सुचना जारि गर्दै दुतावासले जनाएको छ।