जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र

everest kitchen
photo fille

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि आवश्यक समन्वय गर्न आग्रह सहितकाे पत्र देउवाले सोमबार पठाएकाे नेपाली काङ्ग्रेस सचिवालयले प्रेस बिज्ञप्ती जारि गर्दै जनाएको छ ।

देउवाले पत्रमा लेखेका छन ू विश्वका कयौं मुलुक काेराेना भाईरस प्रभावित भईरदा दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहीको मृत्यु समेत भैसकेको संचार माध्यमहरु मार्फत थाहा पाउँदा सुरक्षा संवेदनशीलता प्रति चासाे बढेकाे छ। नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौं ।

त्यस्तै सभापति देउवाले दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै एकतापूर्वक कार्य गर्न आग्रह गर्दै आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गरेका छन ।