भुक्तानी पाउन सेनाकाे हेडक्वाटर अगाडि धर्ना

everest kitchen


काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्‍न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन।

मंगलबार बिहानबाट धर्ना दिन सुरु गरेका उनीहरुले धर्ना बस्नुको कारण भवन निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेनालाई मुक्तानी दिइसके पनि सेनाले अाफुहरुलाई भुक्तानी नदिँदा अाफुहरु धर्ना बसेकाे बताए । सेनाले मुख्य ठेकेदारलाई भुक्तानी दिएकाे छ छैन थाहा छैन । तर सहायक ठेकेदार, सप्लायर्स र मजदुरले भने भुक्तानी नपाएकाे धर्नाकर्ताहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सेनाका अधिकारी र पुनर्निर्माण प्राधिकरणलाई विभिन्न समयमा जानकारी गराउँदा पनि भुक्तानी नपाएको धर्नाकर्ताहरुकाे गुनासाे रहेकाे छ।