राष्ट्रियसभा वामदेवको भित्रै युवराज बाहिरिँदै

everest kitchen

काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ।

याे निर्णयसँगै अब अर्थमन्त्री डा। युवराज खतिवडा राष्ट्रियसभाबाट बाहिरिने निश्चित भएकाे हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव राष्ट्रियसभामा लैजाने तयारी नेकपाले गरेकाे छ ।

२ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुनमा सकिँदैछ। अर्थमन्त्रीसमेत रहेका खतिवडा अझै ६ महिना सम्म मन्त्रीमा रहन पाउनेछन् ।