मगर स्थापना दिवसकाे अवसरमा पेनाङ मलेसियामा भव्य कार्यक्रम

everest kitchen


क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ ।

मगर ईतिहास, भाषा, संस्कृति र धर्मको संरक्षण सम्बर्द्धनको मुल मन्त्र , मगरात पहिचान र स्वयत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र, “भन्ने मुलनाराका साथ आयोजना हुने उक्त कार्यक्रममा मलेसियाको विभिन्न क्षेत्रबाट बृहत भेला भै ३८औ मगर दिवश र क्षेत्रीय अधिवेशन हुनेछ । साे अबसरमा महान सहिदहरु प्रति श्रद्धाभाब अर्पण र मगर संस्कृति र पहिचान झल्कने झाकी नृत्य लगायतका कलाकारहरु प्रस्तुति गरिने आयाेजकले बताएको छ।

मगर संघ मलेसियामा लामाे समयदेखि सक्रिय संगठन रहेकाे र स्थापनाकाल देखि सामाजिक सेवा तथा बिभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे स्मरण गर्दै अागामी दिनमा पनि संघ सक्रिय रुप अगाडि बढाउन क्षेत्रीय कमिटी अधिबेशन र गठन गर्दै जाने मगर संघ केन्द्रीय समिति अध्यक्ष पुस्मिता ठाडा मगरले बताईन ।