सरकारकाे श्वतपत्रमा जनार्दन शर्माकाे आपत्ति, मेराे नाम किन समेटियो ?

everest kitchen

 

विपेन उलङगे ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा सांसद जनार्दन शर्माले अाफ्नाे नाम नेपाल ट्रष्टमा जाेडेर श्वतयत्तपत्रमा उल्लेख भएकाे भन्दै अापत्ती जनाएका छन ।

बिहिवार संसदकाे शुन्य समयमा बिशेष १० मिनेटकाे समय लियर बाेल्दै नेता शर्माले भने ” श्वततपत्रमा २०७४ कार्तिक १३ गते फार्म सुकुर प्रालिकाे अार्थिक प्रस्ताव नेपाल ट्रष्टकाे संरक्षक सम्माननिय प्रधानमन्त्री शेर देउवा र माननीय गृहमन्त्री जनार्दन शर्माकाे उपस्थितिमा निर्णय भएकाे भनेर उल्लेख गरिएकाे छ । याे हुदैभनएकाे कुराे किन सरकारले स्वतपत्रमा लेख्याे सम्माननीय सभामुख महाेदय ? के अस्वतपत्र हाेकी स्वयतपत्र हाे ? स्वतपत्र भएकाे भए सत्य कुरा लेख्नुपर्थ्याे । मैले यस बिषयमा पहिलाे पटक हालै नेपाल ट्रष्टकाे कार्यालयमा गएर बुझ्दा पनि कर्मचारीले तपाईंको उपस्थितिमा कुनैपनि निर्णय भएकाे छैन याे झुटाे हाे भनेका छन । ‘मैले कर्मचारीहरूसँग भने, मेरो नाम पनि आयो। गृहमन्त्री हुँदा म ट्रष्टको कार्यालय पसेको पनि थिइनँ,’ उनले भने, ‘तर कसरी आयो मेरो नाम? कर्मचारीहरूले तपाईं हुँदा बैठक भएको पनि थिएन भनेर भनेकाे भन्नुभयो।’

उनले भने सरकारले मलाई तर्साउन र ढांटन के यस्ताे गरेकाे हाे ? यस्ताे हाे भने मलाई त ढांटला तर जनतालाई पटक्कै ढांटन सक्दैन । म २०७४ असाेज ३० बाट गृहमन्त्रीबाट निस्कि सकेकाे थिए । तर स्वतपत्रमा कार्तिक १३ कमे मितिमा मेराे नाम किन समेटियो ? अाफ्नै पार्टिकाे सरकारलाई साथ समर्थन गरेकै कारण , बैज्ञानिक कृषिकरण र भरष्ट्रचार निर्मुलनकाे बिषयमा बाेलेकाे कारण मेराे नाम त्यहाँ समेटिएको हाे ? म यसकाे जवाफ चाहान्छु ।

उनले थपे मैले शिक्षा, स्वास्थ , राेजगार, बिकास काम चलाउ तरिकाले हुदैन जनअपेक्षित सरकारले द्रुतगतिमा अगाडि गर्नुपर्छ भनेकै कारण यस्ताे किन लेखियाे ? मुख्य सचिवले झुटाे छ भन्दाभन्दै नभएकाे मान्छेकाे नाम किन लेखियाे । नाम हुनुपर्ने मान्छेकाे नाम किन उल्लेख गरिएन ?

हालैमात्र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सरकारकाे तर्फबाट श्वतपत्र जारि गरेका थिए ।