देशभक्त जनसांस्कृतिक अभियान टोलीकाे आधा नेपालकाे यात्रा पुरा

everest kitchen


काठमाडौं । गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रको देशभक्त जनसांस्कृतिक अभियान टोलीले अाधा नेपालकाे यात्रा पुरा गरेकाे छ ।

फागुन १ गते पूर्वको मेचीनगरबाट पैदल यात्रा सुरु गरेकाे समुहले ब्यापक जनभेटघाट तथा दर्जनौँ चोकसभा गर्दै चितवनकाे मध्यबिन्दु नगरपालिका बाट पश्चिम तिर लाग्दै छ ।  इण्डोप्यासिफिक , एमसीसी खारेज गर्न तथा लिम्पियाधुरासहित अतिक्रमित नेपाली भूमि फिर्ताका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने लगायत १५ वटा माग लिएर टोलीले अभियान सञ्चालन गरेको हो ।

अभियान टाेलिमा अध्यक्ष किराती सहित पार्टि केन्द्रीय र प्रदेश तहका नेता सहभागी छन् ।  टोलीले मेचीबाट पैदल यात्रा सुरु गरेकाे थियाे । चितावनकाे मध्यबिन्दु पुगेकाे अभियान टाेलि अब पश्चिम तिरकाे यात्रा गर्नेछ । टाेलि महाकाली सम्म पुग्ने बताएको छ ।

तत्कालीन माअाेवादि केन्द्र ऐमालेसंग एकता गरेर नेकपा भएपछि गाेपाल किरातीले छुट्टै नेकपा माअाेवादि केन्द्र स्थापना गरेर राजनीतिक गतिविधि गर्दै अाएका छन ।