प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणकाे तयारीमा ,बास्काेटाले भरष्ट्राचार गरे जसरि प्रचार नगराैं

everest kitchen

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन ।

अरुले स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू निरन्तर  अहिले पनि  दिनमा १८ घन्टा खटिरहेको बताए। ओलीले मृगौला प्रत्यारोपण पछि जम्मा ५ दिन अस्पताल बस्ने र  छैटौं दिन प्रधानमन्त्री कार्यालय फर्कर निरन्तर काम गर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फरक प्रसङ्गमा ७० करोड कमिसन प्रकरणमा मुछिएर मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । प्रधानमन्त्रीले भनेका छन ” एउटा टेप प्रकरणमा कुनै  मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर त्यसकाे केही प्रमाण छैन । बाँस्कोटाले भ्रष्टाचार गरेकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन उनले भने  । साथै अहिलेसम्म उजुरी नपरेकाे र ’दोषी भए सजाय  बास्काेटाले भोग्नु पर्ने बताए ।