प्रियंका कार्की र आयुषमानका अदालती बिहे

everest kitchen


काठमाडौं । नायिका प्रियंका कार्की र नायक अायुषमान देसराजले अापसमा कानुनी बिहे गरेका छन ।

उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका छन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर समेत पोष्ट गरेकी छिन् ।

मेहेन्दि, संगित समाहाराे लगायत उनीहरुले बिहेकाे ताम झाम गरेका छन । यधपी प्रियंकाकाे याे दाेस्राे बिहे हाे भने अायुषमानकाे पहिलाे बिहे हाे । सानैदेखिका साथि उनिहरुले प्रेमलाई बिहेमा परिनत गरेका हुन ।