फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा महिला पक्राउ

everest kitchen

काठमाडौ । वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी श्रीषले विभिन्न मितिहरुमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई फरार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका(१९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो ।

श्रीषलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।