मलेसियामा एक नेपाली युवा मृत फेला , हत्याकाे आंशका

everest kitchen
मृतक बाेहाेरा

क्वालालम्पुर । मलेसियाको जोहोरबारु स्थित देसा चेमर्लाङमा एक नेपाली युवा मृत फेला परेका छन । रामेछाप गोठगाउ निबासी याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर मृत अबस्थामा फेला परेका हुन ।

मृतक बोहोरा जोहोर बाहरुको देसा चेमर्लाङको ‘भि-कोट कम्पनिमा’ कार्यरत थिए । उनी आफ्नै कोठामा मृतक अबस्थामा फेला परेको उनका साथिहरुले बताएका छन । उनको मृत्यको खवर पाए पछि आफन्तहरुले वैदेशिक राेजगार कन्सुलर बिभागमा निवेदन गरि घटनालाई गम्भीरतापूर्वक अनुसन्धन गरि दिन अनुरोध गरेका छन ।

मृतुकाे कारण खुल्न नसकेपछि हत्या भएको आसंका गर्दै मृतकको लाश प्रहरीकाे निगरानीमा राखीको उनका सहकर्मीले जानकारी दिए । उक्त घटनामा संलग्न रहेको आसंकामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धन गरिरहेको नेपाली दुतावास मलेसियाका द्वितीय सचिव महेश्वरमणी त्रिपाठीले जानाकरी दिए ।

घटनाको सत्यतथ्यकाे नेपाली लागि दुतावास मलेसियाले उनी कार्यरत कम्पनी र प्रहरीलाई घटनाको बारेमा गम्भीररुपमा लिन भनेकाे छ ।